आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ००:२७ |सिड्नीको समय: २२:२७ |काठमाडौंको समय: १८:१२

रवि र स्वर्णिमले लिए शपथ

एएनजेड खबरअप्रिल २८, २०२३

उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ लिएका छन् । उनीहरुले आज सभामुख देवराज घिमिरेसमक्ष शपथ लिएका हुन् ।

उनीहरु संगै उपनिर्वाचनमा निर्वाचित अर्का संसद् उपेन्द्र यादव भने शपथमा उपस्थित भएनन् । यादव निर्वाचन क्षेत्र बारामा रहेकोले शपथमा सहभागी नभएको बताइएको छ ।

गत बैशाख १० गते भएको उपनिर्वाचनमा चितवन-२ बाट रवि लामिछाने , तनहुँ १ बाट स्वर्णिम वाग्ले र बारा-२ बाट उपेन्द्र यादव, निर्वाचित भएका थिए ।

तपाइँको प्रतिक्रिया