आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ००:२९ |सिड्नीको समय: २२:२९ |काठमाडौंको समय: १८:१४

सरकारले बेवास्था गरेको भन्दै माइतिघरमा महावीर पुनको धर्ना

एएनजेड खबरअप्रिल २८, २०२३

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन माइतीघर मण्डलामा धर्ना बसेका छन् । खोज अनुसन्धान र आविष्कारमा सरकारले बेवास्ता गरेको भन्दै आज बाट धर्ना सुरु गरेका हुन् ।

पुनलाई धर्नामा साथदिनेहरुले ‘स्टार्टअप उद्यमीहरुलाई प्रोत्साहन गर’, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागिता’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

पुनले संघ, प्रदेश र स्थानीय सरकारले आफ्नो विकास बजेटको एक प्रतिशत बजेट छुट्याएर अनुसन्धान आविष्कारका लागि कोष बनाएर जम्मा गर्नुपर्ने आफूहरूको प्रमुख माग रहेको बताए ।

उक्त कोष सन्चालन गरी अनुसन्धान गर्नेहरुलाई जिम्मा दिनुपर्ने भन्दै सहज किसिमको ऐन कानुन बनाउनु सरकारसँग माग राखेका छन् । आफ्ना मागबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफुले जानकारी गराएको पनि बताए।

तपाइँको प्रतिक्रिया