आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २३:२३ |सिड्नीको समय: २१:२३ |काठमाडौंको समय: १७:०८

केपी ओली सहभागी कार्यक्रममा ढुंगामुडा प्रहार, दुई प्रहरी घाइते

एएनजेड खबरअप्रिल २६, २०२३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने कार्यक्रममा प्रहरी र प्रदेशको नाम खारेजीको आन्दोलन गरिरहेको समूहबीच झडप भएको छ ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार आन्दोलनकारीहरू ओलीले सम्बोधन गर्ने कार्यक्रमस्थलतर्फ जान खोजेपछि झडप भएको हो। उनीहरुलाई प्रहरीले १०० मिटर वरै रोकिएको थियो ।अगाडी जान रोकेपछि आन्दोलकारीले ढुंगामुढा प्रहार गरेपछि प्रहरीले लाठी चार्ज समेत गरेको थियो।

प्रदर्शनकारीहरुको ढुंगा लागेर इलाका प्रहरी कार्यालय, धुलाबारीका प्रहरी निरीक्षक अनिल माबुहाङ र प्रहरी सहायक हवल्दार सुदिन राजवंशी घाइते भएका छन् ।

प्रहरीले घटनास्थलबाट संलग्नको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ ।

तपाइँको प्रतिक्रिया