आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २३:३५ |सिड्नीको समय: २१:३५ |काठमाडौंको समय: १७:२०

वामदेव गौतमको राष्ट्रिय सभा सदस्यविरुद्ध परेको रिटको सुनुवाइ आज हुँदै

एएनजेड खबरअप्रिल २६, २०२३

तत्कालिन नेकपाबाट चुनाब लडेर पराजित भएका वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाएको विरोधमा योग्यतामाथि प्रश्न उठाएर दायर गरिएको रिटमा आज सुनुवाइ हुने भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रिराज भट्टले दायर गरेको छुट्टाछुट्टै रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।

गौतम भदौ २०७७ मा राष्ट्रिय सभा सदस्यमा मनोनयन भएका थिए। प्रतिनिधिसभा सदस्यमा पराजित गौतमलाई सोही कार्यकालमा राष्ट्रिय सभा सदस्य बनाउन नमिल्ने जिकीर गर्दै अधिवक्ताद्वयले सोही समयमा रिट दर्ता गरेका थिए।

तपाइँको प्रतिक्रिया