आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २३:४१ |सिड्नीको समय: २१:४१ |काठमाडौंको समय: १७:२६

उपनिर्वाचनमा राप्रपाको कन्तबिजोग, सबै ठाउँमा जमानत जफत

एएनजेड खबरअप्रिल २५, २०२३

बैशाख १० को उपनिर्वाचनमा राजावादी भनेर चिनिएको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सबै ठाउमा जमानत जफत भएको छ। हिन्दु राष्ट्र, राजतन्त्र र सङ्घीयता खारेजको माग गर्दै आएको सो पार्टीको उपनिर्वाचनमा कन्तविजोग भएको हो।

तनहुँ– १ मा विजयी उम्मेदवारले ३४ हजार ९१९ मत ल्याउँदा राप्रपाकी शोभा गुरुङले भने २१८ मत मात्र ल्याईन। जनताको शक्तिमा सक्रिय राजतन्त्रको जरै फालेको यस अवस्थामा यहि गणतन्त्रात्मक राज्य व्यवस्थामा रहेर परिवर्तन र संविधानको विरूद बोल्नेहरूको जनताले हैसियत चिनाइदिएका छन् ।

मंसिर ४ को निर्वाचनमा चितवनकै एक निर्वाचन क्षेत्रमा जीत हात पारेको राप्रपालाई चितवनमै भएको अर्को निर्वाचन क्षेत्रमा भने जमानत नै गुमाउनु परेको छ।

चितेवन-२ मा विजयी उम्मेदवारले ५४ हजार १७६ मत ल्याउदा राप्रपाका जीवलाल पुरीले भने ३६१ मतमा चित्त बुझाउनु परेको छ । गत मङ्सिर ४ मा भएको चुनावमा यसै क्षेत्रका राप्रपा उमेदवार रविन अधिकारीले ९५५ मत पाएका थिए ।तर अहिलेको उपनिर्वाचनमा सो पार्टीले ५ सय भन्दा बढी मत गुमाउन पुगेको छ।

यस्तै मतगणना चलिरहेको बारा-२ मा राप्रपाका उम्मेदवार सोनालालप्रसाद साह तेलीले ५३ मत मात्र पाएका छन् । मंसिर ४ को निर्वाचनमा पनि उम्मेदवार बनेका तेलीले ४६९ मत पाएका थिए। बारा–२ मा जसपाका उम्मेदवार उपेन्द्र यादव १३ हजार ८०४ मत सहित अगाडी छन्। जनमतका शिवचन्द्र कुशवाहाले ९ हजार २३१ मत सहित पछ्याइरहेका छन्।

मधेशमा नयाँ शक्तिको रूपमा उदाएको जनमत पार्टीले भने आफ्नो मत बढाएको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ को निर्वाचनमा भन्दा यस उपनिर्वाचनमा उल्लेख मत बढाएको छ।

संसदमा चर्का भाषण गर्ने राप्रपाको भने अघिल्लो निर्वाचनमा भन्दा धेरै नै मत घटेको देखिन्छ।

तपाइँको प्रतिक्रिया