आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २२:२१ |सिड्नीको समय: २०:२१ |काठमाडौंको समय: १६:०६

चितवन-२ को मतगणना दिउँसो १ बजेबाट सुरू हुने

एएनजेड खबरअप्रिल २४, २०२३

विवादका कारण रोकिएको चितवन क्षेत्र नम्बर-२ को मतगणना आज दिउँसो १ बजेबाट सुरू हुने भएको छ।

निर्वाचन आचारसंहिताको विषयलाई लिएर विवाद बढेपछि मतगणना हुन सकेको थिएन। आज ढिलागरी बसेको सर्वदलीय बैठकले दिउसो १ बजेबाट मतगना सुरुगर्ने निर्णय गरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आचारसंहिताको उल्लंघन गरेको र अन्यदलका उम्मेदवारले लामिछानेले माफी माग्नुपर्ने अडान लिएपछि मतगणना सुरू हुय्ना ढिलाई भएको थियो।

तपाइँको प्रतिक्रिया