आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २२:१५ |सिड्नीको समय: २०:१५ |काठमाडौंको समय: १६:००

तीन दिनभित्र फोहोर उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको आदेश

एएनजेड खबरअप्रिल २१, २०२३

सर्वोच्च अदालतले सिंहदरबारभित्रको फोहोर ३ दिनभित्र उठाउन काठमाडौं महानगरपालिकालाई अन्तरिम आदेश दिएको छ।

आज न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सिंहदरबार, राष्ट्रपति भवन र प्रधानमन्त्री निवास बालुवाटारको फोहोर ३ दिनभित्र उठाउन आदेश गरेको हो। अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरको सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरको निर्णयविरुद्ध सर्वोच्चमा रिद दर्ता गरेका थिए।

काठमाडौं महानगरका मेयर बालेन शाहले सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएसँगै केही दिनदेखि भिआइपि एरियामा दुर्गन्ध बढेको छ । यही विषयलाई सर्वोच्च अदालतले जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि स्वच्छ र स्वस्थ वातावरण कायम गर्न राज्यका निकायहरु लगायत नागरिकको सामूहिक प्रयास हुनुपर्ने भन्दै काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएको हो ।

तपाइँको प्रतिक्रिया