शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ११:५९ |सिड्नीको समय: ०९:५९ |काठमाडौंको समय: ०५:४४

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष गुरुङद्वारा  ‘एनआरएनए अष्ट्रेलिया इन्टरनेसनल अवार्डको लागी मनोनयन आह्वान !!

एएनजेड खबरअप्रिल २०, २०२३

 गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रेलियाले ‘एनआरएनए अष्ट्रेलिया इन्टरनेसनल अवार्ड २०२३’ को  लागि मनोनयन आह्वान गरेको छ । अष्ट्रेलियाका एनआरएनए अध्यक्ष नन्द गुरुङले एक विज्ञप्ति जारी गर्दै इन्टरनेसनल अवार्ड्सको लागि मनोनयन आह्वान गरेका हुन् ।

एनआरएनए अध्यक्ष गुरुङले पहिलो पटक यस कार्यक्रम आयोजना गर्न लागिएको बताए। विश्वभरिबाट धेरै आवेदन आइरहेको समेत उनले बताए। 

फारम भर्ने अन्तिम मिति आगामी अप्रिल २३  सम्म रहेको छ। 

गुरुङले  शिक्षा, खेलकुद, सामाजिक सेवा, सङ्गीत, प्रदर्शन कलालगायत क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका नेपाली वा नेपाली मूलका व्यक्तिहरूलाई पुरस्कृत गर्ने एनआरएनए अष्ट्रेलियाको योजना रहेको जानकारी दिए  । 

अध्यक्ष गुरुङका अनुसार यस वर्ष ५ जनाले अवार्ड प्राप्त गर्नेछन्। मनोनयन आगामी २३ अप्रिलसम्म गर्न सकिने छ ।  तोकिएको समयमा मनोनयन गर्नेहरूबाट  विजेता घोषणा गर्ने अध्यक्ष गुरुङको भनाइ छ। 

एनआरएनए अध्यक्ष गुरुङले अवार्ड विजेताहरूको घोषणा २३ अप्रिल पछि लगत्तै गर्ने बताएका छन्  । उनका अनुसार एनआरएनए अस्ट्रेलियाका सदस्य तथा सञ्चालक समितिले फारम भरेर  पेस गरेका व्यक्ति र समूहलाई मनोनयन गर्न सक्ने छन् ।

विश्वभरिबाट अप्रिल २३ सम्म प्राप्त फारम मध्यलाई छनोट गरी लगत्तै विजेता घोषणा गरिने बताइएको छ।

विश्वभरिबाट अप्रिल २३ सम्म यो लिंकमा गएर फारम भर्न सकिने छ ।

https://forms.office.com/r/VNmQpeR0rR

तपाइँको प्रतिक्रिया