आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २१:३३ |सिड्नीको समय: १९:३३ |काठमाडौंको समय: १५:१८

राष्ट्रपति पौडेललाई थप उपचारको लागी दिल्ली लगियो

एएनजेड खबरअप्रिल १९, २०२३

राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएपछी थप उपचारका लागि भारतको नयाँदिल्ली लगिएको छ । उनलाई आज एयर एम्बुलेन्समार्फत् नयाँदिल्ली लगिएको हो।

स्वास्थ्यमा समस्या आएपछि हिजो त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेललाई आज बिहान श्री एयरलाइन्सको एयर एम्बुलेन्स मार्फत् नयाँदिल्ली लगिएको हो ।

पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । उनको पेटको तल्लो भागबाट पानी निकालेर परीक्षणका लागि पठाइएको थियो । इन्फेक्सन नघटेको पाइएपछि उनलाई भारत लगेर उपचार गराउन चिकित्सकहरुले सुझाव दिएका थिए ।

तपाइँको प्रतिक्रिया