शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १०:०२ |सिड्नीको समय: ०८:०२ |काठमाडौंको समय: ०३:४७

एसीसी प्रिमियर कप : नेपालको सानदार जीत, मलेसिया ६ विकेटले पराजित

एएनजेड खबरअप्रिल १८, २०२३

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले मलेसियालाई हराउदै विजयी सुरुवात गरेको छ ।त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले हराएको हो ।

मलेसियाले नेपाललाई २३६ रनको लक्ष्य दिएको थियो उक्त लक्ष्य नेपालले ३६. २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागी भीम सार्कीले ७१ रन बनाए । कुशल मल्ल ७० रनमा नट आउट रहे । रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए । आसिफ सेख १ रनमा आउट भए ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३-३ विकेट लिए । ललित राजवंशीले २ र गुलशन झाले १ विकेट लिए ।

तपाइँको प्रतिक्रिया