आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २१:३० |सिड्नीको समय: १९:३० |काठमाडौंको समय: १५:१५

मिटरब्याज पीडितमाथि पानीको फोहोरा र लाठि चार्ज

एएनजेड खबरअप्रिल १७, २०२३

प्रहरी र मिटरब्याज पीडितबीच झडप भएको छ ।आज काठमाडौंको शान्तिवाटिकामा भएको झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले मिटरब्याज पीडितलाई लखेट्न पानीको फोहोरा र लाठी प्रहार गरेको छ । मिटरब्याज पीडितले आज सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेको थाथा पाएपछि प्रहरीले उच्च निगरानी राखेको थियो । मिटरब्याज पीडितले आफ्नो योजना अनुसार दिउँसो ब्यानरसहित प्रदर्शनमा निस्कने क्रममा प्रहरीले रोकेपछि दुवै पक्षबीच झडप भएको हो ।

घाइते मिटरब्याज पीडितको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

सरकारले मिटरब्याज पीडितको एक समूहसँग १८ चैतमा पाँच बुँदे सहमति गरेको थियो । तर उक्त सहमति लगत्तै अर्को मिटरब्याज पीडितको अर्को समूहले आन्दोलन सुरु गरेको हो।

तपाइँको प्रतिक्रिया