आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २१:२४ |सिड्नीको समय: १९:२४ |काठमाडौंको समय: १५:०९

प्रमुख तीन दलको बैठक : टीआरसीमा एमालेको पुरानै अडान

एएनजेड खबरअप्रिल १७, २०२३

संवैधानिक परिषद सम्बन्धी विधेयक, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकमा सहमति खोज्न आज बसेको बैठकमा नेकपा एमालेले शर्त दोहोर्याएको छ ।

आज ओली निवास बालकोटमा संक्रमणकालीन न्याय निरुपणसम्बन्धी संसदमा पेश भएको टीआरसी विधेयक टुंग्याउन बसेको बैठकमा एमालेले शर्त राखेको हो।

प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा एमालेले पीडितले न्याय पाउने सुनिश्चिततासँगै अन्तर्राष्ट्रिय मापदण्डअनुसार कानुन बनाएर शान्ति प्रक्रिया टुंग्यानुपर्ने पक्षमा अडान कायम राखेको हो । सत्ता पक्षले भने फास्टट्रयाकबाट पारित गर्ने तयारीका साथ विधेयक संसदमा लागेको थियो।

एमाले सचेतक महेश बर्तौलाले अन्तर्राष्ट्रिय मानवअधिकार र सर्वोच्चले दिएको यसअघिको आदेश प्रतिकूल कानुन बनाउन नमिल्ने भएकाले संक्रणमणकालीन न्याय निरुपणको सवलामा पनि सोहीअनुसार हुनुपर्ने बताए। उनले टीआरसी विधेयकको सवालमा पीडितलाई ध्यान दिनुपर्नेमा आफ्नो पार्टीको प्रष्ट अडान रहेको पनि बताए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली सहभागी थिए ।त्यस्तै सभामुख देवराज घिमिरे, प्रमुख तीन दलका प्रमुख सचेतक पनि आजको बैठकमा सहभागी भएका थिए।

तपाइँको प्रतिक्रिया