आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २१:३२ |सिड्नीको समय: १९:३२ |काठमाडौंको समय: १५:१७

बिरामी परेका ओलीलाई भेट्न प्रचण्ड र देउवा बालकोट जाँदै

एएनजेड खबरअप्रिल १७, २०२३

भाइरल ज्वरोका कारण बिरामी परेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ओलीलाई भेट्न आज बालकोट जाँदैछन् ।
केहीदिन देखि बिरामी भएर आराम गरिरहेका ओलीलाई भेट्न प्रचण्ड बालकोटस्थित ओली निवास जान लागेका हुन् ।

आजको भेटमा संवैधानिक परिषद सम्बन्धी विधेयक, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल हुने बुझिएको छ। विधेयक बारे छलफल गर्न हिजो बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित भएको थियो।

यस्तै एमाले अध्यक्ष ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि आजै बिहान बालकोट जाने तयारीमा छन् । शिर्स नेताहरुको भेटमा संवैधानिक परिषद सम्बन्धी विधेयक, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकबारे छलफल हुनेछ ।

तपाइँको प्रतिक्रिया