आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २०:३७ |सिड्नीको समय: १८:३७ |काठमाडौंको समय: १४:२२

अशक्तलाई पदक दिन राष्ट्रपति मञ्चबाटै तल ओर्लिए !

एएनजेड खबरअप्रिल १५, २०२३

राष्ट्रपति रामचन्द्र पौडेल शारीरिक रूपले अशक्त वृद्धवृद्धालाई पदक दिन मञ्चबाट तल ओर्लिएका छन्। राष्ट्रपति भवन शितलनिवासमा हिजो आयोजित कार्यक्रमा सुरक्षा अधिकारीले राष्ट्रपति त्यसरी मञ्चबाट ओर्लिन नमिल्ने संकेत गरेपनि राष्ट्रपति पौडेलले तल ओर्लेरै अपाङ्ग र अशक्तलाई पदक दिएका हुन् ।

आफु पदमा रहदा सवारीहुन्दा होस् या अन्य कार्यगर्दा जनतालाईअफ्ट्यारो पर्ने कुनै पनि काम नगर्ने घोषणा नै गरेका राष्ट्रपति पौडेलले जनताको मन जित्ने काम गर्दै आएका छन्।

हिजो भएको समारोहमा राष्ट्रपति पौडेल द्वारा एक जनालाई नेपाल रत्न, तीन जनालाई राष्ट्र गौरव, एक जनालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री, १४ जनालाई प्रसिद्ध प्रबल जनसेवाश्री, १६ जनालाई सुकीर्तिमय राष्ट्रदीप, १६५ जनालाई सुप्रबल जनसेवाश्री, ६ जनालाई कीर्तिमय राष्ट्रदीप, ३१६ जनालाई प्रबल जनसेवाश्री, एक जनालाई राष्ट्रदीप र २०५ जनालाई जनसेवाश्री दिइएको थियो।

उक्त अवसरमा पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालासहित समाजका विभिन्न क्षेत्रका ७२८ जना व्यक्तित्वलाई मानपदवी दिइएको थियो। पूर्वप्रधानमन्त्री स्वर्गीय कोइरालालाई दिइएको नेपाल रत्न उनका परिवारिक सदस्य किरण कोइरालाले ग्रहण गरेका थिए।

तपाइँको प्रतिक्रिया