आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २०:४८ |सिड्नीको समय: १८:४८ |काठमाडौंको समय: १४:३३

प्रधानन्यायाधीश नियुक्तीको माग गर्दै वकिलहरू बालुवाटारमा

एएनजेड खबरअप्रिल १३, २०२३

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न भन्दै नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेट गरेका छन्।

उनीहरूले आज बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका हुन्। भेटमा उनीहरुले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

नेपाल बार एशोसिएसनले ७ दिनभित्र प्रधानन्यायाधीश नियुक्त नभए आन्दोलन गर्ने पत्रकार सम्मेनन मार्फत घोषणा गरेका थिए ।

प्रधानमन्त्रीलाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानमन्त्री संवैधानिक परिषदको अध्यक्षसमेत भएकाले तत्काल प्रधानन्यायाधीश नियुक्तिको पहल लिन ध्यानाकर्षण गराएको बताए । प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायाधीश नियुक्तिका लागि आफूले पहल गरिरहेको र चाँडै ठोस निस्कर्षमा पुग्ने बताएको उनको भनाइ छ।

तपाइँको प्रतिक्रिया