आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २०:५२ |सिड्नीको समय: १८:५२ |काठमाडौंको समय: १४:३७

ढाकाले प्रसाईंसंग जनवरीमा भएको अडियो भन्दै स्वीकार गरेपछि !

एएनजेड खबरअप्रिल १२, २०२३

पार्टीले निलम्बन गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले दुई करोड रुपैयाँ बार्गेनिङ्ग गरेको अडियो जनवरीमा भएको स्वीकार गरेका छन्।

रास्वपाको पार्टी कार्यालय वसुन्धरामा केन्द्रीय समितिको बैठक चलिरहेको बेला पत्रकारहरुसंग कुरा गर्दै उनले गत जनवरी, फ़्रेब्रुअरिमा भएको कुराकानी अहिले सार्वजनिक गर्नु पार्टीलाई सिध्याउने खेल भएको दाबी गरे।

उनले अहिले पार्टीबाट निलम्बित भए पनि आफूमाथि लागेको आरोप अदालत गएर क्लिन चिट लिएर फर्किने र पुन: पत्रकार सम्मेलन गर्ने बताए ।

‘मसँग जोडिएको अडियो भाइरल भइरहेको छ। त्यसले गर्दा पार्टी र उपनिर्वाचनमा घात परेको हुनाले यसप्रति म क्षमाप्राथी छु’, उनले भने, ‘यस्तो अडियो अहिले जहाँ पनि जसरी पनि बनाउन सकिन्छ। मेरो अहिलेको आवाजलाई पनि इडिट गर्न सकिन्छ। ह्वाट्स एपमा कुरा गरिएको भनिएको छ। तर यो अडियोमा मेरो स्वर पनि तोडमोड गरेर बाहिर ल्याइएको छ।’

उनले आफ्ना कारण पार्टीलाई परेको असरप्रति माफी माग्दै भने, ‘वैशाख १० को उपनिर्वाचनमा पार्टीलाई भोट दिएर तीनै क्षेत्रका उम्मेदवारहरुलाई जिताइदिनु होला।’
पत्रकारहरूको प्रति प्रश्नको सामना गर्न नसकेपछि निलम्बित ढाका त्यहाबाट हिडेका थिए।

तपाइँको प्रतिक्रिया