आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: २०:४४ |सिड्नीको समय: १८:४४ |काठमाडौंको समय: १४:२९

ढाकाकुमार बारे निर्णय लिन रवि काठमाडौँमा

एएनजेड खबरअप्रिल १२, २०२३

दुइ करोड मोलमोलाईको अडियो सार्वजनिक भएपछी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनबाट वसुन्धरास्थित केन्द्रीय कार्यालय आइपुगेका छन्।

समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले एक जना व्यावसायीसंग मंत्री बन्न २ करोड रुपैयाँका बार्गेनिङ्ग गरेको अडियोका कारण चुनावी दबाबमा रहेका लामिछाने चितवनबाट काठमाडौँ फर्केका हुन्।

पार्टीले अडियो काण्डमा मुछिएका सांसदको बारे निर्णय गर्न लामिछाने काठमाडौँ आएका हुन्। अनुशासन विभागले सिफारिस गरेको प्रतिवेदनको आधारमा सांसद श्रेष्ठलाई कारवाही गर्ने वा नगर्ने बारे रास्वपाको धारणा आजै सार्वजनिक हुने भनिएको छ।

लामिछानेले यो प्रकरणमा मुछिएका श्रेष्ठलाई ७२ घण्टाभित्र कारबाही गरिसक्ने घोषणा चितवनबाट गरेका थिए।चितवन क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका लामिछाने आफ्ना सांसदको अडियो प्रकरणका कारण दवाबमा देखिन्छन।

सांसद श्रेष्ठले यदि आफूमाथि पार्टीले कारबाही गरेमा अडियो प्रकरणमा जोडिएका कोर टिमका सदस्यहरु सबै पोल खोलिदिने चेतावनी दिएको खबर बाहिरिएको छ।

तपाइँको प्रतिक्रिया