आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १९:४४ |सिड्नीको समय: १७:४४ |काठमाडौंको समय: १३:२९

एमाले संसद विघटनको दाउमा छ : माधव नेपाल

एएनजेड खबरअप्रिल १२, २०२३

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एबं पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले संसद विघटनको दाउमा रहेको आरोप लगाएका छन् ।

आज सुनसरीको इनरुवा पुगेका नेता नेपालले एमाले संसद विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा रहेको बताएका हुन् । एमालेको यस्तो राष्ट्रघाती सोचलाई पूरा हुन नदिने उनको दावी थियो।

संचारकर्मीहरुसँग बोल्दै नेपालले संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने पनि बताए । ‘उनले भने ,’एमालेभित्र अब अहिले प्रतिनिधि सभालाई फेरि पनि विघटन गर्न सकिन्छ । मध्यावधिको अवस्थामा जान सकिन्छ भन्ने सोच रहेको हामीले सुनेका छौं । त्यो बाटोमा त हामी जान सक्दैनौं । संविधान मिच्ने कुरालाई पनि हामी समर्थन गर्न सक्दैनौं,’ ।

एमालेसँगको एकताको बारेमा नेता नेपालले मन र विचार मिल्नेहरुसँग बहस र छलफल गर्न तयार रहेको तर एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भने एकताको सम्भावना नरहेको बताए ।

तपाइँको प्रतिक्रिया