आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १९:४८ |सिड्नीको समय: १७:४८ |काठमाडौंको समय: १३:३३

एके ४७ हतियार सहित चक्रे मिलनका सहयोगी पक्राउ !!

एएनजेड खबरअप्रिल ११, २०२३

गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनका सहयोगी ‘एके ४७’ हतियारसहित पक्राउ परेका छन्। चक्रे नेपालगञ्ज गएका बेला उनलाई स्कर्टिङ गरिएको भिडियो टिकटक मार्फत सार्वजनिक भएपछि गणेशबहादुर बोगटी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार उनको साथमा रहेको एके ४७ हतियार समेत बरामद गरिएको छ ।बोगटीले जिल्ला प्रशासन कार्यालय, बाँकेबाट लाइसेन्स समेत लिएको पाइएको छ । प्रहरीले सो हतियार के प्रयोजनका लागि र कहिले लिएका थिए भन्ने विषयमा अनुसन्धान गरिरहेको छ।

नेपालगञ्जको सिद्धार्थ होटलमा बोगटीले हतियारसहित चक्रेलाई स्कर्टिङ गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले पक्राउ गरेको हो। । चक्रे मिलन नेकपा एमालेमा छन् । चक्रे एमाले निकट युवा संघको महाधिवेशनमा भाग लिन नेपालगञ्ज पुगेको स्रोतको भनाइ छ।

पछिल्लो समय प्रहरीले गुण्डागर्दीमा संलग्नविरुद्ध आक्रामक नीति लिएसँगै उनीहरुले राजनीतिक आडमा आफ्ना गतिविधि देखाउन थालेका छन्।

तपाइँको प्रतिक्रिया