आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १९:४६ |सिड्नीको समय: १७:४६ |काठमाडौंको समय: १३:३१

काठमाडौंमा नक्कली कागजात बनाउने कन्सल्टेन्सीको भागाभाग !

एएनजेड खबरअप्रिल ११, २०२३

काठमाडौं प्रहरी परिसरले डिल्लीबजारस्थित फ्रेन्ज कन्सल्टेन्सीमा आइतबार छापा मारेपछि केही एजुकेशन कन्सल्टेन्सीका सञ्चालक बेपत्ता भएका छन् ।

वैदेशिक अध्ययनमा इच्छुक विद्यार्थी तथा अभिभावकलाई परामर्श दिनका लागि सञ्चालित ती कन्सल्टेन्सीले विद्यार्थीको नक्कली कागजात बनाएको आशंकामा प्रहरीले सोधपुछ गर्ने खोज्दा उनीहरू सम्पर्क बाहिर भएका हुन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अनुसन्धान अधिकृतका अनुसार पक्राउ परेका आरोपितको प्रारम्भिक बयानका आधारमा आशंकित कन्सल्टेन्सीसँग सोधपुछ गर्न खोज्दा उनीहरू सम्पर्कमा आएनन् । प्रहरीले डिल्लीबजारमा सञ्चालित फ्रेन्ज कन्सल्टेन्सीमा आइतबार छापा मारेको थियो । त्यहाँबाट विभिन्न सरकारी कार्यालयका ६ थान छाप, सरकारको छाप लगाएका कागजातहरु र कम्यूटर बरामद गरेको थियो ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१० घर भएका उत्सव सुवेदी, चितवनको राप्ती नगरपलिका–३ घर भएका ३३ वर्षीय निराजन उप्रेती, २८ वर्षका निरज उप्रेती र दाङको तुलसीपुर घर भएका सन्दीप डाँगी छन् ।

उनीहरूले बैंकले जारी गर्ने कागजात, मालपोत, भूमि व्यवस्था सहरकारी तथा गरिबी निवारण मन्त्रालयको छाप र त्रिवि शिक्षण अस्पतालको छाप पनि बरामद गरिएको काठमाडौं प्रहरी परिसरका एसएसपी दानबहादुर कार्कीले बताए । पक्राउ परेका आरोपीविरुद्ध प्रहरीले सरकारी छाप दस्तखत किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया