आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १९:४९ |सिड्नीको समय: १७:४९ |काठमाडौंको समय: १३:३४

अडियो प्रकरणमा मुछिएका विरुद्द अखियारमा म आफै जान्छु : सभापति लामिछाने

एएनजेड खबरअप्रिल १०, २०२३

दुई करोडको अडियो प्रकरणमा आफ्ना सांसद मुछिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अख्तियार जाने भएका छन्।
लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागिएको अडिओ प्रकरणमा मुछिएका सांसद ढाका कुमार श्रेष्ठ लगायतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने बताएका हुन्।

आफु उम्मेदवार रहेको चितवन-२ को निर्वाचन क्षेत्र मा चुनावी अभियानका क्रममा रहेका लामिछानेले २ करोड मागिएको काण्डमा आफ्नै वरपरका मान्छेहरूलाई पनि आरोप लागेकाले उनीहरूविरुद्ध अख्तियारमा आफैँले उजुरी दिने बताएका हुन्।

‘जजसले गल्ती गरे पनि कारबाही गर्न सक्छु भन्ने छाती लिएर हिँडेको छ, उसलाई कसैको डर छैन, कसैलाई बचाउनु छैन। मेरै नजिकका मेरै वरपर बसेका मान्छेहरूलाई आरोप लागेको छ। आज म आफैँ अख्तियारमा निवेदन दिनेछु’, उनले भने।

तपाइँको प्रतिक्रिया