आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १९:४६ |सिड्नीको समय: १७:४६ |काठमाडौंको समय: १३:३१

दुई करोड घुस मागेको अडियोबारे अनुसन्धान हुन्छ : उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

एएनजेड खबरअप्रिल १०, २०२३

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुई करोड रुपैयाँ मागेको अडियो प्रकरण बारे अनुसन्धान हुने बताएका छन् । आज चितवनमा पुगेर उनले एस्तो बताएका हुन्।

मन्त्री श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग गरेको वार्गेनिङ्गको अडियो प्रकरणमा अनुसन्धानबाट जे पुष्टि हुन्छ, त्यही अनुसार अघि बढ्ने समेत बताए।

श्रेष्ठले भने, ‘दुई करोडको कुरा आएको छ । त्यसलाई आधिकारिक रुपमा अनुसन्धानको प्रक्रियाबाट हामी कोही निष्कर्षमा पुगिसकेका छैनौं । अनुसन्धानको प्रक्रिया अघि बढेपछि अनुसन्धानबाट जे पुष्टि हुन्छ त्यही अनुसार हामी अघि बढ्ने कुरा हुन्छ ।’

श्रेष्ठले अडियो प्रकरणबारे सबैभन्दा पहिला सम्बन्धित पार्टी र नेताहरुले नै प्रष्ट पार्नुपर्ने पनि बताए ।

रास्वपाका सांसद डा. श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो हिजो सार्वजनिक भएको थियो ।उक्त अडियोमा पार्टी सभापति रवि लामिछानेको नाम लिँदै आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीको कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने बताएका थिए । अडियो सार्वजनिक भएलगत्तै रास्वपाले श्रेष्ठलाई पार्टीबाट निलम्बन गर्दै छानबिन सुरु गरेको जनाएको छ ।

तपाइँको प्रतिक्रिया