आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १९:४१ |सिड्नीको समय: १७:४१ |काठमाडौंको समय: १३:२६

दुई करोड काण्डमा मुछिएका रास्वपाका सांसद ‘ढाका’ निलम्बित !

एएनजेड खबरअप्रिल ९, २०२३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले २ करोड मागेको अडियो सार्वजनिक भएपछि निलम्बनमा परेका छन्। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न भन्दै पैसा मागेको अडियो बाहिरी पछि उनलाई पार्टीले निलम्बन गरेको हो।

सांसद श्रेष्ठले मन्त्री बन्ने भए साढे २ करोड बुझाउन पार्टी सभापति रवि लामिछानेले भनेको भन्दै मेडिकल व्यवसायी प्रसाईँसँगको कुराकानीमा प्रष्ट सुन्न सकिन्छ ।

प्रचण्ड नेतृत्वको सरकारमा आफ्नो पार्टीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय लिएको भन्दै श्रेष्ठले प्रसाईँसंग खुलाएका छन् । उनले तत्काल एक करोड भएपनि मन्त्री बनाउन सभापति लामिछाने तयार रहेको र आफुलाई दुई करोड रुपैयाँ जसरी पनि व्यवस्थापन गरिदिन आग्रह गरेका थिए।

तपाइँको प्रतिक्रिया