आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १८:४० |सिड्नीको समय: १६:४० |काठमाडौंको समय: १२:२५

एमालेलाई समाप्त पार्न खोज्दा पनि जोगाएर ल्याइएको छ : ओली

एएनजेड खबरअप्रिल ८, २०२३

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई समाप्त पार्न खोज्दा पनि जोगाएर ल्याएको बताएका छन्। अखिल नेपाल महिला संघको आज काठमाडौंमा सूरु भएको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले एमाले सबै भन्दा बलियो दल भएको बताएका हुन्।

‘,मैले धेरै ठाउँ भन्ने गरेको छु–आज पार्टी दुनियाँ लागेर, घेरेर, छेकेर, चक्रव्यूहमा पारेर पार्टीलाई समाप्त पार्न खोज्दा पनि समाप्त हुन नदिएर, कसैले एमाले विरुद्ध तरबार चलायो भने महिला दिदीबहिनीहरु ढाल बनेर महिलाहरुले छेकेका छन्। अनमेसंघ र अरु संगठनहरु सक्रिय छन्,’ ओलीले भने।

अध्यक्ष ओलीले एमालेलाई समाप्त पार्न दुनियाँका सबै शक्तिहरु लागेपनि त्यसलाई जोगाएर पार्टीलाई सशक्त बनाउन योगदान दिएको भन्दै अखिल नेपाल महिलासँगलाई धन्यवाद पनि दिए।

पार्टीमा आवद्ध महिलाहरुको निष्ठाकै कारण एमाले अहिले पनि बलियो शक्तिको रुपमा रहन सकेको ओलीको दावी थियो।

तपाइँको प्रतिक्रिया