आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १८:१८ |सिड्नीको समय: १६:१८ |काठमाडौंको समय: १२:०३

सरकारको १०० दिन राजनीतिक उतारचढाव मै बित्यो : प्रधानमन्त्री प्रचण्ड

एएनजेड खबरअप्रिल ७, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको १०० दिन राजनीतिक उतारचढाव मै बितेको बताएका छन्।उनले सरकारको नेतृत्व लिएको १०० दिनसम्म खासै काम गर्न नसकेको समेत स्वीकार गरेका हुन्।

गोरखा अस्पतालको स्वर्ण जयन्ती समारोहमा सहभागी हुन आज गोरखा पुगेका प्रधानमन्त्री प्रचण्डले अब विकास निर्माणसँगै सरकारको कामले तिव्रता पाउने बताए।

‘सरकारको एक सय दिन राजनीतिक रुपले अलि उतार चढावमय भयो ‘जहाँ गएर ल्याण्ड हुनुपर्ने थियो त्यहीँ ल्याण्ड भयो, यो तपाई हामी सबैका निम्ति खुशीको कुरा हो ।’ सरकारले पूर्णता पाइसकेको र राजनीतिक स्थिरता समेत कायम भइसकेकाले अव कामले गति लिने’ बताए।

तपाइँको प्रतिक्रिया