आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १९:४१ |सिड्नीको समय: १७:४१ |काठमाडौंको समय: १३:२६

सरकारले पदम लिम्बूलाई सहिद घोषणा गर्यो

एएनजेड खबरअप्रिल ७, २०२३

कोशी प्रदेश नामाकरणविरुद्धको आन्दोलनमा मृत्यु भएका पदम लिम्बू (लाजिहाङ)लाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जानकारी दिए।

मन्त्रिपरिषद्ले मृतक लिम्बूको परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय समेत गरेको मंत्री किराँतीले बताए।

उनले भने,‘कोशी प्रदेश नामाकरणविरुद्ध आन्दोलनमा सहादत प्राप्त गर्नु भएका पदम लिम्बू (लाजिहाङ)लाई मन्त्रिपरिषदबाट सहिद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय भएको जानकारी गराउँदछु’।

४२ बर्षीय लिम्बू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टिएरका केन्द्रीय सह-कमान्डर थिए।

तपाइँको प्रतिक्रिया