आइतबार, चैत ३०, २०८१ |Sun Apr, 2025
अक्ल्याण्डको समय: ०७:५० |सिड्नीको समय: ०५:५० |काठमाडौंको समय: ०१:३५

१०बर्ष पछि अष्ट्रेलियामा सांगीतिक यात्रा गर्दै मंगोलियन हार्ट !!

एएनजेड खबरअप्रिल ६, २०२३

चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले अष्ट्रेलियाको विभिन्न ८ शहरमा सांगितिक यात्रा गर्ने भएको छ । नेपाली टच अष्ट्रेलियाको आयोजनामा मंगोलियन हार्ट’ले विभिन्न शहरमा १० वर्षपछि आफ्नो सांगितिक प्रस्तुति दिन लागेको हो।

अप्रिल १० बाट म्यूजिकल टुर सुरु हुने बताइएको छ। ब्यान्डको पहिलो सांगितिक प्रस्तुत १० तारिखमा मेल्बर्न शहरमा हुने छ । त्यसपछि १३ ताखिरमा ब्रिस्बेन, १५ मा सिड्नी, १६ मा केन्बेरा, २३ मा डार्विन, २३ मा पर्थ, २९ मा होबर्टहुँदै ३० तारिखमा एडिलेडमा पुगेर टुंगिनेछ ।

३० वर्षअघि सन् १९९२ मा स्थापना भएको यो ब्यान्डको यात्रा ३० बर्ष पुगेको छ।यसै ब्यान्डबाट चर्चामा आएका गायक हुन्, राजु लामा । लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।

ब्यान्ड निर्माण भएको ३० वर्ष पुगेको अवसरमा ‘मंगोलियन हार्ट’ले अष्ट्रेलिया टुर गर्न लागेको हो।

गायक लामाका थुप्रै चर्चित गीतहरू रहेका छन्। जसमध्य बाँदलपारीको देशबाट, म माया लाउँदिन, हल्ला चलेछ, तिमीलाई देखेर, ‘पर्खाइम, सायद तिम्रो बाटोमा आदि रहेका छन्।

तपाइँको प्रतिक्रिया