शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:२६ |सिड्नीको समय: ०७:२६ |काठमाडौंको समय: ०३:११

चर्च ब्वाइज फुटबल क्लबको प्रशिक्षकबाट प्रदीप हुमागाईले दिए राजीनामा !!

एएनजेड खबरअप्रिल ५, २०२३

चर्च ब्वाइज फुटबल क्लबको प्रमुख प्रशिक्षकबाट प्रदीप हुमागाईले राजीनामा दिएका छन्। ए डिभिजन लिग चलिरहेको बेला उनले राजनीमा दिएका हुन्।

ए डिभिजन क्लबमा नवप्रवेशीको रूपमा रहेको चर्च ब्वाइजको प्रशिक्षक रहदै आएका हुमागाईले श्रम स्विकृतीका कारण राजीनामाका दिएको बताएका छन्।

प्रशिक्षक हुमागाईले सामाजिक सञ्जालबाट आफुले चर्च ब्वाइजको प्रशिक्षकबाट राजिनामा दिएको पुष्टि गरेका छन् ।उनले लेखेका छन्,’केहि समयदेखि जन्मभूमि मै रहेर फुटबल प्रशिक्षण गरिरहेको थिएँ, तर नेपालको प्रचलित कानुन, फिफा, एन्फा र एएफसीको नियमानुसार मैले (अमेरिकी नागरिकता भएका कारण) नेपालमा प्रशिक्षण गर्न श्रम स्विकृती (वर्क परमिट) लिनुपर्ने र सो प्राप्त गर्न नसकेका कारण हिजो अप्रिल ४ देखि मैले अफिसियल कोचका रूपमा प्रशिक्षण गरिरहेको चर्च व्वाईज क्लब छोडेको जानकारी गराउन चाहान्छु,’।

जारी ए डिभिजन लिगमा छैटौं चरणको खेलमा चर्च ब्वाइजले हिजो न्युरोड टिम एनआरटीसँग २-० को अग्रता लिएर पनि बराबरी खेल्न बाध्य भएको थियो भने शीर्ष स्थानमा पुग्ने मौका गुमाएको थियो। लिगमा चर्च ब्वाइज १२ अंक सहित दोस्रो स्थानमा छ।

अखिल नेपाल फुटबल (एन्फा) ले गत असोजमा नेपाल र बंगालदेशबीच मैत्रीपूर्ण खेलका लागि उनलाई नेपालको प्रशिक्षकको जिम्मा दिएको थियो।

अमेरिकामा बस्दै आएका रहेका हुमागाई एक दशकअघि थ्रीस्टार क्लबको प्रशिक्षक थिए। त्यतिबेला उनले थ्रीस्टारलाई ए डिभिजन लिगको च्याम्पियन बनाएका थिए।

२०७७ को अन्त्यमा उनी नेपाल सुपर लिग टिम ललितपुर सिटी एफसीका प्रशिक्षक समेत बनेका थिए।

तपाइँको प्रतिक्रिया