आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १७:३१ |सिड्नीको समय: १५:३१ |काठमाडौंको समय: ११:१६

रवि लामिछानेको राहदानी विवाद सम्बन्धी रिटमा आज सुनुवाइ हुने

एएनजेड खबरअप्रिल ४, २०२३

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा परेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ। मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध युवराज पौडेल (सफल) ले दिएको रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा सुनुवाइ हुन लागेको हो।

लामिछानेले झुटा विवरण दिएर राहदानी बनाएको अभियोगमा मुद्दा चलाउन नपर्ने भनी महान्यायाधिवक्ताले गरेको निर्णय दुराग्रहपूर्ण रहेको भन्दै पौडेल सर्वोच्च अदालतमा रिट दाएर गरेका थिए।

लामिछानेमाथि राहदानी विवादमा मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर हुनुपर्ने पौडेलको माग छ।

उनको रिटमा रवि लामिछाने उपर झुटा विवरण दिएर राहदानी बनाएको मुद्दा चलाउनु भनी परमादेश जारी गरिपाउँ र महान्यायाधिवक्ताले मुद्दा नचल्ने भनी गरेको निर्णय कार्यान्वयन नगर्नु/नगराउनु भन्दै अन्तरिम आदेश जारी हुनुपर्ने उनको माग रहेको छ।

तपाइँको प्रतिक्रिया