आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १७:२८ |सिड्नीको समय: १५:२८ |काठमाडौंको समय: ११:१३

तनहुँ-१ मा स्वर्णीम वाग्लेको उम्मेदवारी दर्ता

एएनजेड खबरअप्रिल ३, २०२३

नेपाली कांग्रेस परित्याग गरेका स्वर्णीम वाग्‍लेले तनहुँ क्षेत्र नम्बर -१ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्‍त्र पार्टीको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

रास्वपाका सभापति रवि लामिछाने सहितको टोलीले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वाग्लेको उम्मेदवारी दर्ता गराएका हुन्।

वैशाख १० गते हुने उपनिर्वाचनको लागि सोमबार अपराह्न ५ बजेसम्म मनोनयन दर्ता गराउन निर्वाचन आयोगले समय तोकेको थियो। तनहुँमा उपनिर्वाचन लड्न लागेका वाग्लेले नेपाली कांग्रेस त्यागेर रास्वपा प्रवेश गरेका थिए।

तपाइँको प्रतिक्रिया