आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १७:२७ |सिड्नीको समय: १५:२७ |काठमाडौंको समय: ११:१२

चितवन-२ मा एमालेले रामप्रसादलाई भिडाउने

एएनजेड खबरअप्रिल ३, २०२३

नेकपा (एमाले)को तर्फबाट रामप्रसाद न्यौपानेले चितवन-२ मा हुने उपनिर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका छन्। उनी एमाले चितवनका अध्यक्ष समेत हुन्।

पार्टीका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटासहितको टोली निर्वाचन अधिकृतको कार्यालय पुगेर न्यौपानेको उम्मेदवारी दर्ता गरेका हुन्।

गत मंसिरमा प्रतिनिधि सभाको निर्वाचनका लागि उनले चितवन-३ बाट उम्मेदवारी दर्ता गरेका थिए। तर अन्तिम समयमा पार्टीको निर्णय अनुसार उनले उम्मेदवारी फिर्ता लिएपछि एमालेले नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेको थियो ।

तपाइँको प्रतिक्रिया