आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १६:२९ |सिड्नीको समय: १४:२९ |काठमाडौंको समय: १०:१४

कांग्रेसले अर्थसहित ८ मन्त्रालयमा दाबी गर्यो

एएनजेड खबरमार्च २६, २०२३

नेपाली कांग्रेसले अर्थ मन्त्रालयसहित कम्तीमा ८ मन्त्रालयमा दाबी रहेको बताएको छ। गठबन्धन बैठकमा अहिलेसम्म भएका छलफलबारे हिजो पार्टी पदाधिकारी बैठकमा भएको ब्रिफिङमा अर्थसहित ८ मन्त्रालयमा दाबी रहेको जानकारी दिइएको हो।

सभापति शेरबहादुर देउवाको तर्फबाट अहिलेसम्म भएका छलफलका प्रगतिबारे ब्रिफिङ गर्न उपसभापति पूर्णबहादुर खड्कालाई भनेका थिए। खड्काले कम्तीमा ८ मन्त्रालयमा दाबी रहँदै आएको बताएका हुन्।

प्रधानमन्त्री दाहालले ११ दल मिलाउनुपर्ने भन्दै कांग्रेसलाई ७ मन्त्रालय लिएर सहयोग गरिदिन आग्रह गरिरहेको ब्रिफिङसमेत कांग्रेस पदाधिकारी बैठकमा भएको थियो।

तपाइँको प्रतिक्रिया