शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:४० |सिड्नीको समय: ०७:४० |काठमाडौंको समय: ०३:२५

अष्ट्रेलियाले भारतलाई हराउदै एकदिवसीय शृङ्खलाको उपाधि जित्यो

एएनजेड खबरमार्च २३, २०२३

अष्ट्रेलियाले घरेलु टोली भारतलाई हराउदै एकदिवसीय शृङ्खलाको उपाधि जीतेको छ । तेस्रो तथा अन्तिम खेलमा भारतलाई २१ रनले हराउँदै शृङ्खला २–१ ले जितेको हो ।

पहिलो खेलमा पाहुना टोली अष्ट्रेलिया ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अस्ट्रेलियाले भारतमाथि १० विकेटको जित हासिल गरेको थियो ।
तेस्रो तथा निर्णायक खेलमा अष्ट्रेलियाले भारतलाई २ सय ७० रनको लक्ष्य दिएको थियो । भारत ४९ ओभर १ बलमा २ सय ४८ रनमा अलआउट भएपछी शृङ्खलाको उपाधि अष्ट्रेलियाले जितेको हो ।

भारतका विराट कोहलीले सर्वाधिक ५४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । अस्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिए । यस्तै एस्टन अगरले २ तथा मार्कस स्टोइनिस र सेन एबोटले एकरएक विकेट लिए ।

अष्ट्रेलियाका मिचेल मार्शले सर्वाधिक ४७ रन बनाए । भारतका हार्दिक पान्ड्या र कुलदीप यादवले समान ३ विकेट लिए । मोहम्मद शिराज र अक्षर पटेलले दुईरदुई विकेट हात पारे।

तपाइँको प्रतिक्रिया