आइतबार, चैत ३०, २०८१ |Sun Apr, 2025
अक्ल्याण्डको समय: ०८:०० |सिड्नीको समय: ०६:०० |काठमाडौंको समय: ०१:४५

सिड्नीका बिष्णु सापकोटा गायिका एलिना चौहानका प्रेमी !

एएनजेड खबरमार्च २३, २०२३

बिष्णु सापकोटा सिड्नीका नेपालीहरू माझ परिचित नाम हो। सामाजिक तथा सांस्कृतिक अभियन्ताको परिचय बनाएका सापकोटाको अर्को एउटा परिचय पनि थपिएको छ। ‘धोकेबाज हौ तिमी’ गीतका गायिका एलिना चौहानको प्रेमीका रूपमा उनी सार्वजनिक भएका हुन्। 

 ‘धोकेबाज हौ तिमी’ गीत भाइरल भएसँगै गायिका एलिना चौहानले अष्ट्रेलिया आएर आफ्नो प्रेमी सार्वजनिक गरेकी हुन्। साङ्गीतिक कार्यक्रमका लागि अस्ट्रेलिया आएकी उनले आफ्ना प्रेमी गीतकार तथा सामाजिक अभियन्ता सापकोटा सँगको फोटो इन्स्टाग्राम मार्फत सार्वजनिक गरेकी हुन् । 

टिकटक भिडियो सँगै सापकोटासँगको तस्बिर इन्स्टाग्राममा राख्दै उनले ‘ तिमीलाई सोचेर मेरा बिपनाहरू बित्छन्। तिम्रो सपना देखेर मेरो निद्रा पूरा हुन्छ। तिमीसँग हुँदा म जिउँदो अनुभव गर्छु’ समेत लेखेकी छन्। 

उनीहरू बिचको प्रेम सम्बन्ध बारे विभिन्न सञ्चार माध्यममा सार्वजनिक भए पनि उनीहरूले कुनै प्रतिक्रिया दिएका छैनन्। चौहानले सार्वजनिक गरेको उक्त तस्बिरको क्याप्सनले उनीहरू प्रेममा छन् भन्ने अनुमानलाई थप बल पुगेको छ। 

सापकोटा बाग्लुङ्गका हुन्। उनी अस्ट्रेलियामै बाएर विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यहरू गर्दै आइरहेका छन्। पछिल्लो समय गायिका चौहानको प्रेमिका रूपमा चर्चामा रहेका सापकोटा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अस्ट्रेलिया शाखाका अध्यक्ष समेत रहेका छन्। 

तपाइँको प्रतिक्रिया