सोमबार, मंसिर १०, २०८१ |Mon Nov, 2024
अक्ल्याण्डको समय: १३:३५ |सिड्नीको समय: ११:३५ |काठमाडौंको समय: ०६:२०

सरकारले छोटो समयमा प्रभावकारी काम गरेको छ : प्रधानमन्त्री प्रचण्ड

एएनजेड खबरमार्च २०, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले छोटो समयमा प्रभावकारी काम गरेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले सरकारले छोटो समयमा अर्थतन्त्रको पुनरुत्थान, सुशासनको प्रत्याभूति, विकास निर्माणलाई तीव्रता दिन इमान्दारितापूर्वक क्रियाशील रहेको समेत बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

संसदको बैठकमा आफ्नो पक्षमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्ने क्रममा उनले सेवा प्रवाहमा सरलीकरण, सामाजिक न्यायको प्रवद्र्धन र राष्ट्रिय हितको अभिवृद्धिका लागि सरकारको ध्यान केन्द्रित रहेको उल्लेख गरे ।

संसदमा स्थायित्वको वाचाका बाबजुद सरकार गठनको दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउँला भन्ने आफूलाई नलागेको
बताउँदै उनले नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएका कारण विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको उल्लेख गरे।

अहिलेको अवास्थामा एमाले र राप्रपा पनि राष्ट्रिय सहमतिमा आउनुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड छ।

तपाइँको प्रतिक्रिया