शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:३६ |सिड्नीको समय: ०७:३६ |काठमाडौंको समय: ०३:२१

यूएईलाई हराउदै नेपाल विश्वकप छनोटमा

एएनजेड खबरमार्च १६, २०२३

आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा नेपालले यूएईलाई ९ रनले हराउँदै एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ ।

आज त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।

जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल बर्षाका कारण रोकिएको थियो । अन्तराष्ट्रिय मान्यता अनुसार डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी भएको हो ।

यो जितसँगै नेपाल ४० अंकका साथ लिग टूको तेस्रो स्थानमा उक्लिएको छ ।अब जिम्बाब्वेमा हुने विश्वकप छनोट खेलमा नेपालले सिधै स्थान बनाउन सफल भएको हो।

तपाइँको प्रतिक्रिया