शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:५८ |सिड्नीको समय: ०७:५८ |काठमाडौंको समय: ०३:४३

शनिवार कमेरो ईभेन्ट्सद्वारा सिड्नीमा होली फेस्टिभल आयोजना

एएनजेड खबरमार्च ९, २०२३

रङ्ग नै रङ्गको उत्सव फागु पूर्णिमाको अवसरमा कमेरो ईभेन्ट्सले सिड्नीमा होली फेस्टिभल आयोजना गर्ने भएको छ। पर्सि  शनिवार (मार्च ११ तारिक) सिड्नीको हर्सभिल नजिकै डोनेली पार्क, कोनेल्स पोइन्टमा कार्यक्रम हुने आयोजकले बताएको छ। 

उक्त फेस्टिभल हुने स्थल डोनेली पार्कबाट  हर्सभिल ट्रेन स्टेसनसम्मका दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने अन्यत्रबाट कार्यक्रममा सहभागी हुन आउने दर्शकले पनि न्यूनतम शुल्कमा महोत्सवको अवलोकन गर्न पाउनेछन् । 

रङ्गको पर्वलाई एक आपसमा आत्मीयता साटासाट गर्ने माध्यम बनाउने उद्देश्यले यस कार्यक्रम गर्न लागिएको आयोजकको भनाइ छ।  कार्यक्रममा मौलिक नृत्य, गायन, फेस पेन्टिङका साथै नेपाली खानाका परिकारसमेत रहने बताइएको छ। 

होली महोत्सवमा थुप्रै नेपाली कलाकारहरूको प्रस्तुति रहनेछ। गायिका एलिना चौहान, सुशान्त ठुले, मोडल अञ्जली अधिकारी, नायक तथा गायक आमेश भण्डारी, मोडल विमल अधिकारी र गायक सुरज लगायत दर्जनौँ स्थानीय कलाकारले प्रस्तुति दिने आयोजकले बताएको छ। 

तपाइँको प्रतिक्रिया