शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:५० |सिड्नीको समय: ०७:५० |काठमाडौंको समय: ०३:३५

अष्ट्रेलियाको सहजीकरणमा कहलिएको प्रान्जलको १३ औं वार्षिकोत्सव

एएनजेड खबरमार्च ७, २०२३

नेपाली विद्यार्थीको अष्ट्रेलिया सपनाको सारथीका रुपमा रहेको प्रान्जल एजुकेशनल कल्सल्टेन्सीले आफ्नो १३ औं वार्षिकोत्सव मनाएको छ ।

इक्यान अध्यक्ष प्रकाश पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा प्रान्जलका प्रवन्ध निर्देशक बासुदेव दाहालले अन्य देशको तुलनामा उक्त कन्सलटेन्सीले अष्ट्रेलिया जाने विद्यार्थीका निम्ति बढी सहजीकरण गरेको बताए ।

उक्त कन्सल्टेन्सीले संयुक्त राज्य अमेरिका, संयुक्त राज्य (युके), क्यानाडा सहितका राष्ट्रका निम्ति विद्यार्थीहरुलाई सहजीकरण गर्दै आएको छ । अष्ट्रेलिया जाने विद्यार्थीको संख्या अन्य मुलुकको तुलनामा बढी भएका कारण कन्सल्टेन्सीप्रति विद्यार्थी तथा अभिभावकको आकर्षण बढेको दाहालले बताए ।

प्रान्जलले आइएलटिएस र पिटिइको तयारी कक्षा तथा करियर काउन्सिलिङ सेवासहित वैदेशिक शिक्षाका सन्दर्भमा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आइरहेको उनले बताए ।

कन्सल्टेन्सीले दक्ष र अनुभवी काउन्सिलर तथा कर्मचारीबाट सेवा प्रदान गर्दै आइरहेको उनले बताए ।

आगामी दिनमा विद्यार्थी तथा अभिभावकको सहजीकरण एवं सेवा प्रवाहमा अझ व्यापकता ल्याउने प्रतिबद्धता दाहालले व्यक्त गरे ।

तपाइँको प्रतिक्रिया