शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:२९ |सिड्नीको समय: ०७:२९ |काठमाडौंको समय: ०३:१४

यूएईलाई नेपालले दियो २३० रनको लक्ष्य

एएनजेड खबरमार्च ६, २०२३

आईसीसी विश्वकप लिग टू क्रिकेटको त्रिकोणत्मक शृंखलाको अन्तिम खेलमा नेपालले यूएईलाई २३० रनको लक्ष्य पस्किएको छ। 

दुबईमा भएको खेलमा  टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ८ विकेट गुमाएर २२९ रन बनाएको हो। नेपालको तर्फबाट भीम सार्कीले  अर्धशतक बनाए। 

सार्कीले  ९९ बल खेल्दै सर्वाधिक ७० रन बनाउँदै आउट भए। नेपालका लागि  राष्ट्रिय टिममा डेब्यु गरेका सार्कीको यो पहिलो अर्धशतक हो ।

सार्की र सन्दीप लामिछानेले ५६ रनको साझेदारी गरे । लामिछाने २७ रनमा आउट भएका थिए।त्यस्तै कुशल मल्ल ३२ तथा करन केसी १७ रनमा आउट भए ।

खराब  सुरुवात रागरेको नेपालले ओपनरद्वय आसिफ शेख ६ र ज्ञानेन्द्र मल्ल ११ दीपेन्द्र सिंह ऐरी ४ तथा रोहित पौडेल १ रनमा आउट भएका थिए । लिग टू शृंखलाको शीर्ष तीनभित्र रहनका नेपाललाई आजको खेल जित्ने पर्ने दवाव छ।

तपाइँको प्रतिक्रिया