आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०७:५१ |सिड्नीको समय: ०५:५१ |काठमाडौंको समय: ०१:३६

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको पक्षमा दुईतिहाइ बढी विश्वासको मत

एएनजेड खबरमार्च ५, २०२३

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले देश सभा बैठकबाट विश्वासको मत प्राप्त गरेका छन्। सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री शाहको पक्षमा ४१ प्रदेश सांसदले मतदान गरेको जानकारी दिँदै मुख्यमन्त्रीमा विजयीको घोषणा गरेका थिए। 

 ५२ प्रदेश सांसद उपस्थित रहेको आजको  बैठकमा  शाहको पक्षमा ४१ प्रदेश सांसदले मतदान गरे भने विपक्षमा ११ सांसदको मत परेको थियो।  शाहको पक्षमा  खसेको उक्त मत दुईतिहाई भन्दा पनि बढी हो । 

काँग्रेसको तर्फबाट प्रदेश सरकारको नेतृत्वको गरेका शाहलाई माओवादी केन्द्र , नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन्। नेकपा एमाले र राप्रपाका ११ सांसदले  भने विश्वासको मत दिएनन् । 

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम २६ माघमा संसद्को सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई प्रदेश प्रमुखले  मुख्यमन्त्री नियुक्त गरेका थिए।  २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्तिले पार्टीले समर्थन गरे पनि  विश्वासको मत नदिँदा मुख्यमन्त्री बनेको २९ दिनमै पदमुक्त हुनु परेको थियो। 

तपाइँको प्रतिक्रिया