आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०७:४७ |सिड्नीको समय: ०५:४७ |काठमाडौंको समय: ०१:३२

प्रधानमन्त्रीमाथि मुद्दा लगाऊ भनेर माओवादी आन्दोलनलाई जिस्क्याईयो :  पुर्व प्रधानमन्त्री  बाबुराम भट्टराई 

एएनजेड खबरमार्च ५, २०२३

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाएर माओवादी आन्दोलनलाई जिस्क्याएको बताएका छन्। 

आज शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले तीन वर्ष अघिको प्रधानमन्त्री प्रचण्डको भनाइको सामान्य विषयलाई लिएर प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाउनु भनेको  सबै खाले  माओवादी आन्दोलनलाई जिस्क्याउनु भएको बताएका हुन् ।

 माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति हाबी भएको भन्दै उनले यसको विरुद्धमा सबै माओवादी शक्तिहरू एक ठाउँमा उभिनु पर्ने समय आएको बताए। 

डा भट्टराईले  माओवादी आन्दोलनका  मुद्दाहरूमा सबै माओवादी शक्तिहरू कार्यगत एकता गरेर अघि बढ्न पर्ने जरुरी रहेको उल्लेख गरे। 

उनले भने,’माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति भएको छ, एउटा बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउने हो? यो निहुँ खोजेको होइन? तीन वर्ष अघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाऊ भनेर निर्णय गर्ने कुरा भनेको  निहुँ खोजेको होइन, जिस्केको होइन त्यो? यस्ता कुरामा सहकार्य त हामी गर्न सक्छौँ नि। हामी सबै मिलेर किन आवाज निकाल्दैनौँ किन सडकमा निस्किन सक्दैनौँ।’

तपाइँको प्रतिक्रिया