नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दै
एएनजेड खबरजुन १९, २०२२
काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज साँझ बस्ने भएको छ । बैठकमा भातृ संस्था र विभाग गठनका वारेमा छलफल हुने बताइएको छ । कांग्रेसले विधान अनुसार विभाग गठन गरेको छैन । कतिपय भातृ संस्थाको तदर्थ समितिले पूर्णता पाउन सकेको छैन भने महाधिवेशन हुन सकेका छैन । आजको बैठकमा यीनै विषयमा छलफल गर्ने तयारी छ ।
तपाइँको प्रतिक्रिया