शनिबार, असोज ५, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०२:१५ |सिड्नीको समय: ००:१५ |काठमाडौंको समय: २०:००

एक अर्ब दुई करोडको हेरोइनसहित सात जना पक्राउ

एएनजेड खबरजुन १६, २०२२

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले एक अर्ब दुई करोड रुपैयाँबराबरको अवैध लागुऔषध हेरोइनसहित सातजनालाई पक्राउ गरेको छ ।

ब्युरोले गएको जेठ २६ देखि ३१ गतेसम्म एक साताको अवधिमा ५१ किलो हेरोइन बरामद गरेको हो । बरामद हेरोइनको बजार मूल्य एक अर्ब दुई करोड रुपैयाँबराबार हुन आउने ब्युरोले जनाएको छ ।

विभिन्न देशहरूबाट सो हेरोइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ल्याइएको थियो । हेरोइन नेपाल ल्याएर भारत हुँदै तेस्रो मुलुकसम्म पुग्ने प्रहरी अनुसन्धानले देखाएको छ ।

पक्राउ परेका सबै सातैजना महिला हुन् । उनीहरू सबै दक्षिण अफ्रिकी नागरिक भएको ब्युरोले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया