मतदाता नामावलीमा नाम दर्ता गर्न काठमाडौंबाटै सकिने
एएनजेड खबरजुन १५, २०२२
काठमाडौं – असार १ गते (आज) देखि मतदाता नामावली संकलन कार्य पुनः सुरु हुने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली संकलन कक्ष स्थापना गरी नामावली संकलन गरिने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै काठमाडौं जिल्ला बाहेकका नागरिकको नाम छुटेको भए जिल्ला निर्वाचन कार्यालय अनामनगरमा सम्पर्क गर्न आग्रह गरेको छ ।
तपाइँको प्रतिक्रिया