शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: २१:५४ |सिड्नीको समय: १९:५४ |काठमाडौंको समय: १५:३९

काठमाडौं महानगरपालिका–३० मा कांग्रेस विजयी

एएनजेड खबरमे २०, २०२२

काठमाडौं – काठमाडौं महानगरपालिकाको वडा नम्बर ३० मा नेपाली कांग्रेस विजयी भएको छ । सो वडामा दलबहादुर कार्कीको प्यानल नै विजय भएको छ ।

कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कृष्णभक्त खड्गीलाई एक हजार १४५ मतान्तरले हराएका हुन् । कार्कीले दुई हजार ६१ तथा खड्गीले ९१६ मत प्राप्त गरे ।

सदस्यमासमेत कांग्रेसका मनोजकुमार डङ्गोल र मिलनकुमार खड्का क्षत्री विजयी भएका छन् । महिला सदस्य र दलित महिला सदस्यतर्फ पनि कांग्रेसकै क्रमशः इन्दिरा श्रेष्ठ सिंह र शर्मिला सुडी विजयी भएका काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।

वडा नम्बर १, २, ३, ४, ५, २८ र ३० को मत परिणाम सार्वजनिक भइसकेको छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकामा एक लाख ९० हजारभन्दा बढी मत खसेको थियो ।

तपाइँको प्रतिक्रिया