शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १९:२८ |सिड्नीको समय: १७:२८ |काठमाडौंको समय: १३:१३

संसदमा ८ वटा अध्यादेश पेश

एएनजेड खबरमे १७, २०२२

काठमाडौं– संघीय संसदमा विभिन्न ८ वटा अध्यादेश पेश भएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेश गरेका छन् ।
त्यसैगरी स्वास्थ्यमन्त्री विरोध खतिवडाले औषधि तेस्रो संशोधन अध्यादेश, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश पेश गरे ।
भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादवले रेल्वे अध्यादेश पेश गरिन् ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद यादवले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पेश गरे का छन्।

तपाइँको प्रतिक्रिया