शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १७:२६ |सिड्नीको समय: १५:२६ |काठमाडौंको समय: ११:११

काँग्रेसले छान्यो काठमाडौंका ८ नगरपालिकामा मेयर र उपमेयका उम्मेदवार

एएनजेड खबरअप्रिल २५, २०२२

काठमाडौं– नेपाली काँग्रेसले काठमाडौ जिल्लाका आठवटा नगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार टुंगो लगाएको छ । नेपाली काँग्रेस वागमती प्रदेश कमिटीकाअनुसार कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा उपेन्द्र कार्की, गोकर्णेश्वरमा प्रमुख दीपक रिसाल, उपप्रमुखमा शान्ति नेपाल, चन्द्रागिरीमा प्रमुख घनश्याम गिरी, उपप्रमुखमा यमुनादेवी श्रेष्ठ, तारकेश्वरमा कृष्णहरि महर्जन र श्रृजना वुर्लाकोटी, दक्षिणकाली नगरपालिकामा मोहन बस्नेत र वसन्ती तामाङलाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी नागार्जुन नगरपालिकाको मेयरमा मोहनबहादुर बस्नेत र उपमेयरमा कल्याणी खड्का, बूढानीलकण्ठको मेयरमा विनोद चालिसे, उपमेयर बाँकी र शंकरापुर नगरपालिकामा मेयर ओम कार्की र उपमेयर समिता श्रेष्ठलाई उम्मेदवार उठाउने भएको छ ।

तपाइँको प्रतिक्रिया