शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १७:४४ |सिड्नीको समय: १५:४४ |काठमाडौंको समय: ११:२९

एमालेबाट काठमाडौं महानगरको मेयरमा केशव स्थापित उम्मेदवार

एएनजेड खबरअप्रिल २४, २०२२

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ । शनिबार बसेको सचिवालय बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । जसअनुसार काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य, पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ । भरतपुरको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सारबगीलाई उम्मेदवार बनाइएको छ । दुबै महानगरको उमपेयरको उम्मेदवार तोकिएको छैन ।
यस्तै बिराटनगर महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार पनि टुंगो लाग्न बाँकी छ ।

एमालेले ९ वटा उपमहानरको पनि उम्मेदवार टुंग्याएको छ । नगढी : प्रमुख रणबहादुर चन्द, उपप्रमुख कन्दकला राना थारु, नेपालगञ्ज : प्रमुख पशुपतिदयाल मिश्र, उपप्रमुख शान्तिदेवी ढकाल, तुलसीपुर : प्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरी, घोराही : प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा कुमारी डिसी, बुटवल : प्रमुख बाबुराम खड्का, उपप्रमुख साबित्रादेवी अर्याल, हेटौंडा : अनन्त पौडेल, उपप्रमुख सुमित्रा काफ्ले, धरान : प्रमुख मञ्जु भण्डारी, उपमेयर पदम लिम्बु, इटहरी : प्रमुख यमकुमार सुब्बा, उपमेयर संगिता चौधरी, कलैया : विनोद साह रहेका छन् ।

जनकपुर र जितपुर सिमराको प्रमुख र उपप्रमुखकै उम्मेदवार तोकिएको छैन भने कलैयाको उपप्रमुखको उम्मेदवार तोक्न बाकी छ । बाकी उपमहानरमा प्रमुख र उपप्रमुख दुबै उम्मेदवार टुंगो लगाएको छ ।

तपाइँको प्रतिक्रिया