शुक्रबार, कार्तिक २, २०८१ |Fri Oct, 2024
अक्ल्याण्डको समय: १९:११ |सिड्नीको समय: १७:११ |काठमाडौंको समय: ११:५६

स्याङ्जामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

एएनजेड खबरअप्रिल १७, २०२२

काठमाडौं – स्याङ्जाको वालिङ नगरपालिका–१२, डाँडाखर्कस्थित भित्री सडकमा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।

दुर्घटनामा चालकसहित पाँचजना घाइते भएका छन् । चालकसहित गम्भीर घाइते तीनजनालाई उपचारका लागि पोखरातर्फ पठाइएको छ । मध्यम घाइते दुईजनाको वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जनाइएको छ ।

डाँडाखर्कबाट वालिङतर्फ आउँदै गरेको ग१ज ७३९९ नम्बरको जीप आज बिहान करिब १० बजे अनियन्त्रित भई पल्टिएको जनाइएको छ । मृतकको सनाखत भइसकेको छैन।

तपाइँको प्रतिक्रिया