शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १४:४९ |सिड्नीको समय: १२:४९ |काठमाडौंको समय: ०८:३४

मेलम्चीको पानी आजदेखि काठमाडौंमा आउने

एएनजेड खबरअप्रिल १२, २०२२

काठमाडौं – वर्षो देखि प्रतिक्षा गरिएको मेलम्चीखाने पानी आयोजना को सुभारम्भ आजदेखि हुने भएको छ । आज ३८ नम्बर ढोका खोलेर पानी काठमाडौं पाठइँदैछ । असार १ र साउन २७ गते सिन्धुपाल्चोकको मेलम्चीखोलामा आएको बाढीले आयोजनामा क्षति पु-याएपछि आयोजना रोकिएको थियो । मेलम्चि को पानी काठमाडौं आए पछि उपत्यकाको खाने पानी अभावलाई ठूलो मात्रामा कम गर्ने छ ।

कांग्रेस संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराइले मेलम्चि को पानी काठमाडौं ल्याएउने वाचा गरेका थिए । तर आयोजना सम्पन्न हुँन लामो समय लागेको थियो ।

मंगलबार अम्बाथानबाट सुरूङमा पानी हालिने, सो पानी सुन्दरीजलस्थित वाटर ट्रिटमेन्ट प्लान्टमा आइपुग्ने खानेपानी मन्त्रालयले जनाएको छ ।
सुन्दरीजलमा ट्रिटमेन्ट भएर काठमाडौंका धारामा आइपुग्न एक–दुई दिन लाग्ने बताइएको छ ।

तपाइँको प्रतिक्रिया